fbpx

प्रिमियर लिगमा आज युनाइटेड र सिटीको ‘महाभिडन्त’ हुँदै, आर्सनल र वुल्भस पनि प्रतिस्पर्धामा

विराटनगर,
इंग्लिस प्रिमियर लिगमा आज दुई ‘रोमाञ्चक’ खेलहरू हुँदैछन् । जारी लिगको ३१औं चरणको खेलमा आज चार ठूला टोलीहरूले प्रतिस्पर्धा गर्दैछन् ।

आजको पहिलो खेलमा आर्सनल र वुल्भस पनि प्रतिस्पर्धामा छन् । यस खेलमा पाँचौँ स्थानको आर्सनलले १०औं स्थानको वुल्भससँग खेल्नेछ । यो खेल वुल्भसको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२ः३० बजेबाट हुनेछ । आजको यस खेलमा पाहुना टोली आर्सनल वुल्भसलाई हराउँदै चौथो स्थानमा उक्लने दाउमा छ ।

चौथो स्थानमा रहेको चेल्सीले ३५ खेलबाट ६७ अंक बनाएको छ भने उभन्दा एक खेल कम खेलेको आर्सनलसँग ६६ अंक छ । यता आर्सनलसँग भिड्न लागेको वुल्भस भने आठौं स्थानमा उक्लने योजनामा छ । वुभल्ससँग ४८ अंक छ भने लिगको आठौं स्थानमा रहेको एभर्टनसँग ४९ , नवौं स्थानमा रहेको लेष्टर सिटीसँग ४८ अंक छ ।

यसैगरी आजको अर्को खेल भने केही रोमाञ्चक हुने अपेक्षा लिइएको छ । किनकी आजको दोस्रो खेलमा साबिकको विजेता म्यानेचष्टर सिटीले सर्वाधिक १३ पटकको उपाधि विजेता टोली म्यानचेष्टर युनाइटेडसँग खेल्दैछ ।

युनाइटेडको घरेलु मैदानमा हुने यस खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ । जसमा, सिटी युनाइटेडलाई हराउँदै शीर्ष स्थानमा उक्लने योजनामा छ । अहिले ऊ ८६ अंकसहित लिगको दोस्रो स्थानमा छ भने पहिलो स्थानमा ८८ अंकसहित लिभरपुल रहेको छ । लिभरपुलले सिटीभन्दा एक खेल बढी खेलेको छ ।

आजको खेलमा घरेलु टोलीलाई हराएको खण्डमा सिटीले ८९ अंक बनाउँदै लिगको शीर्ष स्थान कब्जा गर्नेछ । आज उसँग भिड्न लागेको युनाइटेड भने लिगको छैटौं स्थानमा छ । उसले ३४ खेलबाट ६६ अंक बनाएको छ ।

आजको खेलमा घरेलु टोली युनाइटेड पनि सिटीलाई हराउँदै पाँचौं स्थानमा उक्लने दाउमा छ । तर, यसका लागि भने पाँचौं स्थानको आर्सनलले पराजय भोग्नुपर्ने हुन्छ । आर्सनल आजै वुल्भससँग खेल्दैछ ।

प्रतिक्रिया

Loading...