fbpx

घरका सबै मच्छर भगाउने प्राकृतिक तरिका

गर्मी महिना सुरु भए लगत्तै घरमा मच्छरहरुले आतंक सुरु हुने गर्दछ । अझ गर्मी क्षेत्रमा बस्नेहरुलाई मच्छरले टोकेर लाग्ने विभिन्न रोगको समेत सिकार बन्ने गरेको सुनिन्छ ।

मच्छर मार्ने धूपदेखि लिएर हरेक तरिका अपनाउँदा पनि मच्छर कम नभई यसले निकै दुःख दिएर हैरान पार्ने गर्दछ । हामीहरुले बजारबाट किनेर ल्याएका रसायनयुक्त प्रडक्टले मच्छर भगाउनभन्दा पनि हाम्रो स्वास्थ्यलाई हानी पुर्याइरहेको छ ।

हामीले सुरुमै आफ्नो झ्यालढोका बन्द गरेर र राति सुत्ने बेला झुल लगाएर केही सावधानी अपनाउनु पर्छ । यदि सक्दो उपायहरु अपनाउँदा पनि मच्छरबाट हैरान हुनुहुन्छ भने घरका सबै मच्छर भगाउने प्राकृतिक तरिका यस प्रकार छन् :

१. कागतीलाई दुई टुक्रामा काटेर त्यसमा केही ल्वांग अड्काएर आफ्नो कोठाको चारै कुनामा राख्दा मच्छरहरु यसको सुगन्धको कारणले भाग्ने गर्छन् ।

२. नीमको पातको धूलो बनाएर नरिवलको तेलसँग बराबर मिलाएर शरीरमा लगाउँदा ८ घण्टासम्म यसले हामीलाई मच्छरको टोकाइबाट बचाउने गर्छ । साथै वरिपरि मच्छर आउन पनि दिँदैन ।

३. लसुनको गन्धले पनि मच्छर भाग्ने गर्दछन् । त्यसैले लसुन पिसेर त्यसको रसलाई पानीमा उमालेर कोठामा छर्कने गर्दा पनि मच्छर भाग्ने गर्दछन् ।

४. घरको झ्याल अथवा ढोकामा तुलसीको तथा कागतीको विरुवा राख्ने गर्नुस् । यसो गर्दा मच्छर कम लाग्ने गर्दछ ।

५. कोठामा बजारमा पाइने रसायनयुक्त मच्छर धुप किनेर बाल्नुको सट्टा एउटा कपुर बालेर २० मिनेट जति कोठालाई छोडिदिनुस् । त्यहाँ मच्छरको नामो निशान हुने छैन ।

प्रतिक्रिया

Loading...