fbpx

आईपीएल : जित कायमै राख्ने दाउमा बैंग्लोर, हार बदला लिने योजनामा पञ्जाब

विराटगर,
भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीको कप्तानीमा रहेको टोली रोयल च्यालेन्जर्स बैंगलोरले आफ्नो ११औं खेल खेल्दैछ ।

नेपाली समयानुसार राति ८ः१५ बजेबाट सुरू हुने उक्त खेलमा बैंग्लोरले किंग्स इलाभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दैछ । एम चिन्नास्वामी स्टेडियममा हुने उक्त खेलमा दुवै टोली अंक तालिकामा सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

आजको खेलमा घरेलु टोली बैंगलोर आफ्नो चौंथो जित निकाल्ने दाउमा छ । यस्तै ऊ आजको खेलमा पनि जित निकाल्दै आफ्नो जित कायमै राख्ने दाउमा छ । किनकी, उसले यसअघि दुई खेलमा लगातार जित निकालेको थियो ।

यसअघिको खेलमा उसले साबिकको विजेता चेन्नईलाई १ रनले हराएको थियो भने त्यसअघि पञ्जाबलाई नै ८ विकेटले हराएको थियो । सोही जित कायमै राख्ने दाउमा बैंग्लोर रहेको छ ।

यता, पन्जाब भने बैंग्लोरसँग हारको बदला लिने योजनासहित मैदान उत्रनेछ । बैंग्लोरसँग आफ्नै मैदानमा हारेको बदला लिने दाउमा पञ्जाब रहेको छ । यस्तै ऊ बैंगलोरलाई हराएर प्ले अफ सम्भावना जीवित राख्न चाहन्छ ।

जारी लिगको अंक तालिकामा बैंगलोरको १० खेलबाट ६ अंक जोड्दै पुछारमा रहेको छ । उसले ३ खेलमा जित र ७ खेलमा हार ब्यहोरेको छ । यस्तै पन्जाब पाँचौं स्थानमा छ । उसले १० खेलमध्ये ५ खेलमा जित र ५ खेलमा हार ब्यहोर्दै १० अंक जोडेको छ ।

प्रतिक्रिया

Loading...