fbpx

भ्यालेन्सियाविरुद्ध भिड्दै एथ्लेटिको, बार्सिलोना आजै ला लिगाको च्याम्पियन बन्न सक्ने

विराटनगर,
स्पेनिस ला लिगाअन्तर्गत दोस्रो स्थानको एथ्लेटिको मड्रिडले आज आफ्नो ३४औं खेल खेल्दैछ । नेपाली समयअनुसार राति ११ः१५ बजेदेखि सुरु हुने उक्त खेलमा एथ्लेटिकोले भ्यालेन्सियासँग खेल्दैछ ।

आफ्नै मैदानमा हुने उक्त खेल एथ्लेटिको मड्रिडका लागि एकदमै महत्त्वपूर्ण खेल हो । किनकी, एथ्लेटिकोले यो खेल हारेमा बार्सिलोना आजै ला लिगाको च्याम्पियन बन्ने छ । अब बार्सिलोनालाई यस लिगको उपाधि जित्न ३ अंक मात्र आवश्यक छ ।

तर, आजको खेलमा एथ्लेटिकोले भ्यालेन्सियासँग हारेको खण्डमा बार्सिलोना आज नै ला लिगा च्याम्पियन ठहरिने छ । यसैले आज एथ्लेटिको भ्यालेन्सियालाई हराउँदै बार्सिलोनालाई उपाधिका लागि पर्खाउनेछ ।

यस्तै आज एथ्लेटिकोले बराबरी खेलेमा पनि बार्सिलोनाले अर्को साता हुने लेभान्टेसँगको खेलसम्म पर्खिनुपर्छ । यसैले यो खेल एथ्लेटिकोका लागि एकदमै महत्त्वपूर्ण छ ।

जारी लिगमा ६८ अंकका साथ एथ्लेटिको दोस्रो स्थानमा छ भने ८० अंकका साथ बार्सिलोना शीर्ष स्थानमा छ । बार्सिलोनाले एथ्लेटिकोभन्दा एक खेल बढी खेलेको छ । यस्तै आज एथ्लेटिकोसँग भिड्न लागेको भ्यालेन्सिया पाँचौं स्थानको टोली हो । उसँग ५२ अंक छ ।

प्रतिक्रिया

Loading...