fbpx

सलमानको ‘दबंग ३’मा शाहरुखको इन्ट्री हुने लगभग पक्का

विराटनगर,

बलिउडका सुपरस्टार अभिनेता सलमान खान अहिले आफनो चलचित्र ‘दबंग ३’को छायांकनमा व्यस्त रहेका छन् । ‘दबंग ३’ ‘दबंग’ र ‘दबंग २’को सिक्वेल रहेको छ ।

अहिले ‘भारत’ चलचित्रको प्रचारप्रसारमा जुटिरहेका बेला ‘दबंग ३’ फिल्मलाई लिएर एउटा ठूलो खबर बाहिरिएको छ । सलमानको यस सिक्वेल फिल्ममा बलिउडका सुपरस्टार शाहरुख खानको इन्ट्री हुने चर्चा चलेको छ ।

भारतीय मिडियाका एक खबरअनुसार सलमान खानको ‘दबंग ३’ मा शाहरुख खानले केमियो गर्ने लगभग पक्का भइसकेको छ । शाहरुखले उक्त भूमिका स्वीकार गरेको भारतीय मिडियाले बताए तापनि अहिलेसम्म यसबारे निर्माण टिमले कुनै जानकारी भने सार्वजनिक गरेको छैन ।

उक्त फिल्ममा केही फ्ल्यासब्याक सिन जसमा सलमान कसरी रवीनहुड बनेका थिए देखाइनेछ । रवीनहुड बन्ने जोर्नीमा उनलाई एक व्यक्तिले निकै सहायता गरेका हुन्छन् । बाहिरिएको खबरअनुसार सलमानले उक्त व्यक्तिको क्यारेक्टर शाहरुखलाई अफर गरेका हुन् ।

प्रभु देवाले निर्देशन गरिरहेका ‘दबंग ३’ लाई अरबाज खानले निर्माण गरिरहेका छन् । उक्त फिल्ममा सलमान खानका साथ सोनाक्षी सिन्हा, माही गिल, टिनु आनन्द र अरबाज खान लगायतको कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

केही दिनअगाडि मात्र उक्त फिल्मको आइटम गीतका लागि मौनी रोयलाई फाइनल गरिएको खबर बाहिरिएको थियो ।

प्रतिक्रिया

Loading...