fbpx

पथरी बजार खुला, यातायात सुचारु, जनजीवन समान्य

विराटनगर

महिलाको शंकास्पद मृत्युलाई लिएर सोमबार र मंगलबार तनावग्रस्त बनेको मोरङको पूर्वपश्चिम राजमार्गअन्र्तगत पर्ने पथरी बजारको अवस्था शान्त बनेको छ । आक्रोशित स्थानीय, जनप्रतिनिधि र प्रहरीबीच मंगलबार ७ बैसाख बिहान घरअगाडि मृत फेला परेकी २९ वर्षीया रिना बस्नेतको मृत्युको रहस्य ३ दिनभित्र पत्ता लगाउने सहमति बनेपछि पथरी बजारको अवस्था शान्त बनेको हो ।

फोटो : मिलन बुढाथोकीको फेसबुकबाट

सोमबार र मंगलबार तनावपूर्ण रहेको पथरी बजार शान्त भएपछि मंगलबार बजार खुलेको छ भने यातायात पनि सहज रुपमा आवतजावत भैरहेका छन् । मंगलबार मृत्युको विषयलाई लिएर आक्रोशित स्थानीय बिहानैदेखि बजार बन्द गराउँदै यातायात अवरुद्ध पारेर प्रर्दशनमा उत्रिएका थिए ।

प्रर्दशनकै क्रममा उनीहरू इलाका प्रहरी कार्यालय पथरी घेराउ गर्न पुगेका थिए । प्रहरीले कार्यालय घेराउ गर्न आएको स्थानीयको भिडलाई तितरबितर पार्न पहिले हवाई फायर र दिउँसो २ बजे यातायात खुलाउनका लागि बल प्रयोग गरेर अश्रुग्याँस प्रहार गरेको थियो ।

आक्रोशित स्थानीयले पथरीशनिश्चरे नगरपालिकाको गेट पनि तोडफोड पनि गरेका थिए । झडपमा परेर पाँच जना स्थानीय घाइते भएका थिए ।

यसकारण आक्रोशित बनेका थिए स्थानीय

पथरी बजार र आसपासका क्षेत्रमा श्रृंखलाबद्ध रुपमा मानिसहरूका शव फेला पर्ने गरेका थिए । तर, उनीहरूको मृत्युको रहस्य खुल्न सकेको थिएन । १०फागुन २०७५ मा पथरी बजारमा रहेको पाँचतले सिक्का बारमुनि मृत फेला परेका २७ वर्षीय षडराज तामाङ र ३० फागुन २०७५ मा पथरी बजार उत्तरको जंगलमा मृत फेला परेकी झापा मेचीनगरकी अधबैँशे महिला साबित्रा खतिवडाको मृत्युको रहस्य नखुल्दा स्थानीयहरु त्रसित बनेका थिए ।

यसैले पथरी शनिश्चरे १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको घर अगााडि ७ बैशाखमा नग्न अवस्थामा शव भेटिएपछि पथरीबासी प्रहरीले अपराध नियन्त्रण गर्न नसकेको भन्दै आक्रोशित बनेका थिए ।

Koshi Online

FREE
VIEW