fbpx

राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी ९ दिने राजकीय भ्रमणका लागि नेपाल वायु सेवा निगमको उडान नम्बर आरए००१बाट बुधबार बिहान ११ बजे चीन प्रस्थान गरेकी हुन् ।

उनी सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी बेइजिङ प्रस्थान गरेकी हुन् ।

उनी वैशाख १९ गते एयर चाइनाको उडान नम्बर सीए ४०७ विमानबाट काठमाडौं फर्किने छिन् । चीनको ९ दिने राजकीय भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

Koshi Online

FREE
VIEW