fbpx

डडेल्धुरामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ३४ जना घाइते

डडेल्धुरा,
धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बुधबार बिहान ५.३० बजे भएको सो दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बस सडकबाट ६० मिटर तल खसेको जनाइएको छ ।

बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बझाङको केदारस्यूका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, सोही ठाउँकी ५५ वर्षीय कल्सीदेवी गुरधामी, हरुली बोहरा, तल्कोट–४ का ४४ वर्षीय धनबहादुर घर्ती र २५ वर्षीय भारतीय नागरिक मोहम्मद नासिर रहेका छन् ।

उक्त दुर्घटनामा दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइते हुनेमा कैलालीको गोदावरी नगरपालिका–१० का रमेश चौधरी, गोदावरी–३ का २४ वर्षीय नवीन धामी, बैतडी सिगासका–२ का २० वर्षीय सुरेन्द्र क्षेत्री, थलरा बझाङ तलकोटका ६० वर्षीय जयकला बोहरा, बझाङका १० वर्षीय शीतल वड, बझाङ तलकोट–५ का २५ वर्षीय कवेन्द्रबहादुर घर्ती, बझाङको जयपृथ्वी नगरपालिका–९ का ३५ वर्षीय धनसरा वड, बझाङ मष्टा–२ का १८ वर्षीय जीवन लुहार, सोही ठाउँका २५ वर्षीय पुष्प कठायत, बझाङका २४ वर्षीय सुरज रोकाया रहेका छन् ।

अन्य घाइतेमा बझाङको जयपृथ्वी नगरपालिका–७ का ४२ वर्षीय मनगिरी विक, छब्बिस पाथिभराका ५० वर्षीय मदनराज जोशी, मष्टा–१ का २२ वर्षीय विनोद थापा, केदारस्यू–५ का २५ वर्षीय वसन्त बोहरा, तलकोट बझाङका ४० वर्षीया गिठी घर्ती, मष्टा २ बझाङका २२ धविन्द्र धामी, केदारस्यू–५ का १९ वर्षीय मोहित धामी, सुबेडा बझाङका ३० वर्षीया लक्ष्मी विक, छब्बिस पाथिभरा–३ का १८ वर्षीय तोरन रेग्मी, मष्टा–२ का १८ वर्षीय सुनिल धामी, बेतकोट–२ कञ्चनपुरका ४० वर्षीय दिवाकर पन्त, मष्टा–३ का ४७ वर्षीय रजन कामी, थलरा बझाङकी ६० वर्षीया विष्णुमति जोशी, बुङ्गल–१० ४० वर्षीय जनकराज जोशी, बझाङका ५० वर्षीया धना बोहरा, तल्कोटका ५० वर्षीय कुरे घर्ती, बुङ्गल–१ बझाङका २४ वर्षीय जगन्नाथ जोशी, तल्कोट–४ का १० वर्षीय विवेक घर्ती, थलरा–३ बझाङका धनबहादुर चौहान, थलरा–१ की ४० वर्षीय देवा बोहरा, भारत बिहार कटिहारका–२५ वर्षीय महोमद उस्मान, सोही ठाउँका १८ वर्षीय मोहमद गुल्जार, ४० वर्षीय जमिर हुसेन, २५ वर्षीय अजाद हुसेन रहेका छन् ।

घाइतेहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका बझाङ थलरा–३ का धनबहादुर चौहान, मष्टा–१ का २२ वर्षीय विनोद थापा र गोदावरी नगरपालिका–१० का रमेश चौधरीलाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।

बस सडकबाट ६० मिटर तल खसेको र ओभर लोड हुँदा बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरी पोष्ट स्याउलेकोे अनुमान रहेको छ ।

घाइतेहरुलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्धारकार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्थानीय सर्वसाधारण खटिएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । डडेलधुरा अस्पतालले उनीहरुलाई जिल्ला बाहिर पठाएको छ । रेफर हुनेमा थलरा–३ बझाङका धनबहादुर चौहान, मष्टा–१ का २२ वर्षीय विनोद थापा र गोदावरी नगरपालिका–१० का रमेश चौधरी रहेको अस्पतालले जनाएको छ ।

Koshi Online

FREE
VIEW