fbpx

कब्जियत हुँदा के खाने के नखाने ?

दिसा बस्दा अफ्ठेरो हुन, नियमित रूपले दिसा गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि कोमल दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ ।

कब्जियत हुँदा, दिसा बस्दा पीडा हुन्छ । यस्तै दिसा गर्दा बल लगाउनुपर्ने अवस्था आउँछ, दिसा कोमल नभएर गोटा पर्दछ । यसैगरी पेट भारी हुने, भोक नलाग्ने, मुख बिग्रिने, रिंगटा लाग्ने, तिघ्राको पछाडिपट्टिको मांशपेशी दुख्ने, टाउको दुख्ने, छात्ती पोल्ने र थाकेको महसुस हुने हुन्छ ।

कब्जियत हुनुको मुख्य कारण भनेको अप्राकृतिक जीवनशैली हो । यस्तै विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्या पनि कब्जियतका कारण हुन् ।

यसैगरी भोजन, व्यायाम, विश्राम र भावानात्मक रूपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो । भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जंकफूड र संरक्षित खाद्यान्न प्रायःजसो खाइरहने, सागसब्जी सलादजस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रबल सम्भावाना रहन्छ ।

कब्जियत हुँदा के खाने के नखाने ?

१. बिहानको नास्तामा तारेभुटेको, बट्टा र बोतलबद्ध खाद्य पदार्थ, मैदाका परिकारको सट्टा ताजा फलफूल लिने बानी बसाल्नुपर्छ ।

२. मौसम अनुसारको फलफूल जस्तैः सुन्तला, नासपाती, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवाका साथै अंकुरित मुंग, मेथी लगायत मौसमी तरकारी समावेश गर्ने ।

३. मुनन्का र छोगडालाई राति भिजाएर बिहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्छ ।

४. ठोस भोजन दिनको दुईपल्ट मात्र लिने गरौं ।

५. बिहानको भोजनमा रातो चामल वा मकैको भात, गहँुको वा मकैको पिठोको रोटी, काउली बन्दा तोरी र बेथेको साग हुनुपर्छ ।

६. मास, खेसरी बाहेक बोक्रोसित पकाएको दालले पनि कब्जियतमा फाइदा पुर्याउँछ ।

७. बेलुकाको भोजनमा अन्नको सहभागिता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारिसँग ताजा मोही मात्र खादा कब्जियतमा राम्रो गर्छ ।

८. माछा, मासु अण्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका वस्तु बार्नुपर्छ ।

९. केरा, स्याउ, अंगुर, लिचीजस्ता फलले कब्जियतमा राम्रो गर्छ ।

१०. आलु, पिँडालु, तरुल, सुठुनी भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास जस्ता सब्जी तथा दलहन बेलुका नखानु ।

प्रतिक्रिया

Loading...