fbpx

प्रहरी हुँ भन्दै लुटपाट गर्ने दुई जनालाई विराटनगरबाट प्रहरीले समात्यो

विराटनगर
प्रहरी हुँ भन्दै घरभित्र पसेर चोरी गर्ने मोरङ जहदा गाउँपालिका–६ का २४ वर्षीय सिमान्त करदार र विराटनगर–८ का २५ वर्षीय समीर कामतलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–८ भलुवाईका सिंहेश्वर यादवको घरमा जिल्लाबाट आएको प्रहरी हौ भन्दै खानतलासीका नाममा नगद ६५ हजार लुटपाट गरेको आरोपमा करदार र कामतलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले करदारको साथबाट को३७प४४७२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । घटनामा संलग्न दुई जना अझै फरार रहेका छन् । लुटपाटमा संलग्न मुख्य अभियुक्त कामत विराटनगरका विभिन्न स्थानमा भएका चोरी घटनानमा पनि संलग्न थिए ।

पक्राउ परेका दुवैलाई मुलुकी अपराध कार्यविधि संहिता ऐन २०७४ बमोजिम अनुसन्धान भैरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Loading...