fbpx

धादिङ आसपास केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

काठमाडौँ,

धादिङ जिल्लाको नौबिसे आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ । आज बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

उक्त भूकम्प विसं २०७२ वैशाख १२ को परकम्प भएको भूकम्प मापन केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईले जानकारी दिए । वैशाख १२ देखि हालसम्म चार रेक्टर स्केलभन्दा बढीका ५०० भन्दा बढी भूकम्पको परकम्प गइसकेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानीमा महशुस गरिएको थियो ।

प्रतिक्रिया

Loading...