fbpx

लिभरपुल र सिटीलाई पछ्याउँदै टोटनह्याम, ब्राइटनविरुद्ध निकाल्यो कठिन जित

विराटनगर,
इंग्लिस प्रिमियर लिगअन्तर्गत तेस्रो स्थानमा रहेको टोटनह्याम हटस्परले आफ्नो २३औं जित दर्ता गराएको छ । टोटनह्यामले मंगबार राति भएको खेलमा ब्राइटनविरुद्ध १–० को कठिन जित निकालेको हो ।

टोटनह्यामको घरेलु मैदानमा भएको उक्त खेलमा घरेलु टोलीका क्रिष्टियन इरिकसनले निर्णायक गोल गरेका थिए । उनले खेलको ८८औं मिनेटमा गोल गर्दै एक महत्त्वपूर्ण जित दिलाए ।

यस जितसँगै टोटनह्याले शीर्ष क्लबविरुद्ध अंकदूरी घटाएको छ । ३५ खेल खेलेको टोटनह्यामले ७० अंक बनाएको छ भने समान खेल खेलेको शीर्ष स्थानको लिभरपुलसँग ८८ अंक छ । यस्तै ३४ खेल खेलेको दोस्रो स्थानको म्यानचेष्टर सिटीसँग ८६ अंक छ ।

प्रतिक्रिया

Loading...