fbpx

ला लिगा : अलाभेसलाई हराउँदै बार्सिलोना उपाधि नजिक, मेस्सी गोलबिहीन

 

विराटनगर,
स्पेनिस ला लिगाअन्तर्गत साबिकको विजेता बार्सिलोनाले आफ्नो २४औं जित निकालेको छ । मंगबार राति भएको आफ्नो ३४औं खेल खेलेको बार्सिलोनाले अलाभेसविरुद्ध २–० गोलको सहज जित निकालेको हो ।

अलाभेसको मैदानमा भएको उक्त खेलमा बार्सिलोनाका लागि कार्लेल एलेना र लुइस स्वारेजले समान एक–एक गोल गरे । पहिलो हाफ गोलहरित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा २ गोल गरेको थियो ।

उसका लागि खेलको ५४औं मिनेटमा कार्लेसले गोल गरेका थिए । त्यसको ६ मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । बक्समा अलाभेसका खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले भीएरआबाट बार्सिलोनालाई पेनाल्टीको मौका दिएका थिए । जसलाई स्वारेजले गोलमा परिणत गरे ।

यस्तै खेलको खेलको ६१औं मिनेटमा कप्तान लियोनल मेस्सी मैदान प्रवेश गरेका थिए । मेस्सी उसामान डेम्बेलेलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेता पनि उनले गोल गर्न सकेनन् । र, बार्सिलोनाले खेल २–० जियो ।

यस जितसँगै बार्सिलोनाले आफूलाई उपाधि नजिक पुर्याएको छ । जारी लिगमा बार्सिलोना ८० अंकका साथ शीर्ष स्थानमा छ । अब बार्सिलोनालाई यस लिगको उपाधि जित्न ३ अंक मात्र आवश्यक छ । अबको एक खेल जितेमा (यदि एथ्लेटिकोले आगामी खेल जितेको खण्डमा) उसले अन्तिम ३ खेल बाँकी छँदै लिग पोल्टामा पार्नेछ ।

यदि एथ्लेटिकोले आज हुने भ्यालेन्सियासँगको खेल हारेको खण्डमा बार्सिलोना आज नै ला लिगा च्याम्पियन ठहरिने छ । यस्तै बार्सिलोनाले अलाभेसलाई हराउँदै अंक तालिकामा आफूभन्दा तल रहेका क्लबहरूविरुद्ध फराकिलो अग्रता कायम गरेको छ ।

ऊ अहिले दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १२ अंकको अग्रता लिएको छ । उभन्दा एक खेल कम खेलेको एथ्लेटिकोसँग ६८ अंक छ भने ३३ खेल नै खेलेको रियल मड्रिड ६४ अंकसहित तेस्रो स्थानमा छ ।

Koshi Online

FREE
VIEW