fbpx

ताप्लेजुङमा सर्वाधिक धन राशीको भलिवल प्रतियोगिता हुदै

ताप्लेजुङ, बैशाख १० ।

ताप्लेजुङको मैवाखोला गाँउपालिकामा नेपालको सर्वाधिक धन राशीको “तेस्रो पाथिभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगीता २०७६” आयोजना हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद तीन लाख एकाउन्न हजार पाँच सय पाँच रुपैयाँ पुरस्कार पाउने छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं सांसद योगेश भट्टराईको उपस्थितीमा मंगलबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको   उप विजेता टिमलाई नगद एक लाख छ्यहत्तर हजार दुई सय एकाउन्न रुपैयाँ र सेमी फाईनलका उप विजेता टिमहरुलाई जनही पचास हजार रुपैया नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न छत्तिस लाख छपन्न हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

वैशाख २२ देखि २६ गते सम्म मैवाखोला गाँउपालिका ३ साँघु स्थित नारायणी माविको खेल मैदानमा सञ्चालन हुने खेलकोे नगद पुरस्कारको प्रायोजन ताप्लेजुङ जिल्ला निवासी हाल काठमाडौंमा व्यवसाय गर्ने व्यवसायीहरु वलबहादुर तामाङ्ग, ईश्वरी पौडेल र रमेश बरालले संयुक्त रुपमा पुरस्कार प्रायोजन गर्ने भएका छन् ।

नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा मौवाखोला क्लब र न्यू पाथिभरा क्लबको सह आयोजनामा हुन लागेको प्रतियोगिता संयोजक दिवस चोङवाङले जानकारी दिए।

प्रतिक्रिया

Loading...