fbpx

खाना खाने बित्तिकै के के गर्नु हुन्न ? जान्नुहोस्


काठमाण्डौँ, बैशाख १० ।

स्वस्थ्य जीवनयापन गर्नु छ भने हरेक कुरालाई नियमति तालिका अनुसार जीवनयापन गर्नु पर्ने हुन्छ । हरेक कुरामा ख्याल गर्न सके हामी स्वस्थय जीवन बाँच्न सक्छौँ । हामीले अनुसरण गरेका केही बानीले हाम्रो स्वास्थ्यलाई हानी गरिरहेको हुन्छ ।

यस्तै केही नियमहरु खानपानका विषयमा पनि छन् । खाना खाने वित्तिकै के खाने वा के गर्न हुन्छ हुन्न भन्ने थाहा नपाई हामीले काँही गलत बानी व्यवहार त गरिरहेका छैनौँ ।

पानी पिउनु स्वास्थ्यकोलागि एकदमै फाइदाकारी छ । यो गर्मि महिनामा पानिको मात्रा शरीरमा कम भयो भने विभिन्न समस्या देखिन सक्छ । तर पानी पनि खाना खाने वित्तिकै पिउनुभयो भने त्यसलेपनि स्वाथ्यमा असर गर्छ ।  दैनिक कम्तिमा पनि दुई लिटर पानी खान अनिवार्य मानिन्छ। तर केही त्यस्तो समय छ।

खाना खाने बित्तिकै पानी खानु राम्रो हुँदैन। खाना खाने बित्तिकै पानी खानाले पाचन प्रणालीमा असर पुर्‍याउँछ। यस्तै खाना सँगै पानी खानु पनि राम्रो मानिदैन।

यसैगरी खाना खाने वित्तिकै फलफुल खानु उपयुक्त हुन्न । हाम्रो शरीरलाई स्वस्थ्य राख्न दैनिक सिजन अनुसारको फलफूल खानु पर्छ । यसमा हुने हुने विभिन्न खालका भिटामिनले शरीरमा आवश्यक पौष्टिक तत्वहरू पूरा गरि रहेको हुन्छ ।

तर खाना खाने बित्तिकै भने फलफूल खानु भने राम्रो हुदैन् । फलफुलमा पनि अमिलो स्वाद भएका फलफूल सकेसम्म खाना खाएपछि आधा घन्टासम्म खानु राम्रो हुँदैन। यसैगरी खाना खाने वित्तिकै सुत्ने बानी छ भने पनि सच्याउदा नै राम्रो हुन्छ ।

हामी मध्ये धेरैको बानी खाना खानेबित्तिकै एक्छिन आरामको लागि सुत्ने हुन सक्छ । तर खाना खाने बित्तिकै सुत्नु भनेको स्वास्थ्यको लागि निकै हानीकारक हुन्छ। मधुमेह, उच्च रक्तचापका समस्या भएकाहरूले झन् खाना खाने बित्तिकै सुत्नु हुदै हुँदैन। सकेसम्म खाना खाएपछि सुत्नु भन्दा थोरै हिड्नु राम्रो हुन्छ।

अनी नुहाउन काम पनि खाना खाने वित्तिकै गर्नु हुन्छ भने स्वास्थ्यको दृष्टिले यो पनि गलत छ । खाना खानु अघि भने नुहाउने गर्नु भयो भने तपाईलाई फाइदा पुग्छ ।

धुम्रपान गर्नेले आफुलाई मात्रै नभई छेउछाउकालागि पनि हानी पुर्याइरहेका हुन्छौँ । यसैगरी चुरोट सेवन गर्ने मध्ये धेरैको बानी भने खाना खाने वित्तिकै धुम्रपान गर्ने हुन्छ । यसरी खाना खाने वित्तिकै धुम्रपान गर्नु भनेको क्यान्सरको खतरा अझ धेरै बढाउनु हो ।

यसैगरी खाना खानेबित्तिकै मदिरा पिउँदा मुटुसम्बन्धी समस्याले बढ्छ। लामो समय सम्म खाना खाने बित्तिक्कै मदिरा सेवन गर्नेमा हृदयघात हुने जोखिम धेरै हुने अध्ययनहरुले देखाएको छ ।

प्रतिक्रिया

Loading...