fbpx

पथरी बजार दिनभर तनाबग्रस्त ६ जना घाइते , २९ राउण्ड अश्रुग्याँस प्रहार


विराटनगर, बैशाख १० ।

पथरीकी रिना बस्नेतको मृत्यु पछि आक्रोशित स्थानीय र प्रहरीबीच मंगलबार झडप हुदाँ ३ प्रहरी सहित ६ जना घाइते भएका छन् । दिनभर अस्तब्यस्त बनेको पथरी क्षेत्रमा प्रहरीले २९ राउण्ड अश्रुग्याँस प्रहार गरि स्थितीलाई नियन्त्रणमा लिएको छ ।

आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय पथरी घेराउ गरि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्नु परेको मोरङ प्रहरीले जनाएको छ । स्थानीयको ढुंगामुढाबाट कार्यालयको नागरिक सहायता कक्षको झ्यालको सिसा फुटेको छ । त्यसपछि प्रहरीले ३ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

यसैबीच पुर्व पश्चिम राजमार्गको पथरी शनिश्चरे खण्डमा राजमार्गमा अवरोध गरिरहेका स्थानीयलाई समेत प्रहरीले बल प्रयोग गरि हटाउने क्रममा झडप हुदाँ ६ जना घाइते भएका हुन् । दिउँसो प्रहरी र स्थानीयबीच झडप हुदाँ थप २६ राउण्ड अस्रुग्यास प्रयोग गरी स्थिति नियन्त्रणमा लिईएको मोरङ प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरूले हिर्काएको ढुंगा लागि सशस्त्र प्रहरी गण गुल्म रानीमा कार्यरत प्रहरी जवान दिपक गिरीको दाहिने आँखाको मुनि चोट लागको छ । प्र नायब निरिक्षक विमा बिकको खुट्टामा, हबल्दार रविन्द्र मिश्रको दाहिने हातमा चोट लागेको छ । उनीहरको स्थानीय अस्पतालमा उपचार भईरहेको छ भने घटनामा स्थानीय ३ जना घाइते भएका छन् । उनीहरुको पनि विराटनगरका विभिन्न अस्पतालमा उपचार भईरहेको र स्वास्थ्य अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीले घटनाको गाम्भिर्यता र संवेदनशीलतालाई बुझेर संयम भएर सत्य तथ्य प्रकाशन तथा प्रशारण गर्न प्रहरीले संचारमाध्यमहरुलाई अनुरोध गरेको छ । प्रहरीले व्यवशायिक रूपमा अनुसन्धान गरिरहेकोले बिषयमा संयमित भई अनुसन्धानमा सहयोग गरिदिनु हुन समेत सम्बद्द सबैमा प्रैहरीले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

Loading...