fbpx

महानगरभित्रै प्रहरी बनेर लुटपाट पर्ने दुईजना पक्राउ

विराटनगर, बैशाख १० ।

मोरङ विराटनगर महानगरपालिका ८ मा नक्कली प्रहरी बनेर घर खनतालस गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर भलुवाई बस्ने सिंहेश्वर यादवको घरमा गई आफुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएका प्रहरी भन्दै खनतालसी गरि अन्दाजी ६५ हजार रुपैयाँ लुटपाट गर्ने सिमान्त करदार (मण्डल)लाई प्रहरीले पक्राउ गरेको हो ।

लुटपाटको खबर आएलगत्तै गएको हाटखोलाको प्रहरी टोलीले घटनास्थलबाटै मोरङको जहदा गाउँपालिका ६ का २४ वर्षीय सिमान्तलाई लुटपाटमा प्रयोग गरेको को ३७ प ४४७२ नं को मोटरसाइकल सहित पक्राउ गरेको हो ।

लुटपाटको मुख्य योजनाकार मोरङ विराटनगर महानगरपालिका ८ का २५ वर्षीय समिर कामत मंगलबार दिउँसो पक्राउ गरेको छ । लुटपाटमा संलग्न अन्य दुई जनालाई खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका समिर यस अघि पनि बिभिन्न लुटपाटमा संलग्न हुदै आएका थिए । उनले विराटनगरके दर्पण श्रेष्ठको मोवाइल र विराटनगर ७ की चन्द्रकला वस्नेतको व्यागभित्र रहेको नगद र ६०,००० रुपैयाँ र मोवाइल लुटपाटमा समेत संलग्न भएको प्रहरीले जनाएको छ । त्यसबेला उनी पक्राउ परेका थिए । पछि जिल्ला अदालतबाट २० हजार रुपैयाँ धरौटीमा छुटेका हुन ।

पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी अपराध कार्यविधि संहिता ऐन २०७४ बमोजिम म्याद लिई अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

Loading...