fbpx

‘बाहुबली’का ‘कटप्पा’ सँग रोमान्स गर्दै ऐश्वर्या

विराटनगर,
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले मणिरत्नमको आगामी फिल्ममा ‘कटप्पा’ उर्फ सत्यराजसँग रोमान्स गर्ने लगभग तय भएको छ । ‘बाहुबली’मा प्रभाषसँगै ‘कटप्पा’ को भूमिका निभाएका सत्यराजले दर्शकको दिलमा आफ्नो स्थान बनाएका छन् ।

एकदम बिग बजेटमा निर्माण हुन लागेको फिल्म ‘पोन्निनी सेल्वम’ एक ऐतिहासिक ड्रामा हो जसमा बाहुबली फ्रेन्चाइज अन्तर्गत निर्माण हुने भएको छ । कल्की कृष्णमूर्तिको उपन्यास ‘द सन अफ पोन्नी’मा आधारित रहेको सत्यराजलाई ऐश्वर्याका पतिको रोलमा देखिने भएको छ ।

फिल्ममा ऐश्वर्या एक राजकुमारीको भूमिका निर्वाह गर्दै छिन् र राजाको भूमिका सत्यराजले निभाउनेछन् । उक्त चलचित्रमा ऐश्वर्या आफू रानी हुनुको गलत फाइदा उठाउँछिन् । फिल्ममा सत्यराज र ऐश्वर्यासँगै अमिताभ बच्चन पनि देखिने सक्ने सम्भावना रहेको छ ।

निर्देशक मणिरत्नमले ऐश्वर्या र अमिताभलाई एकसाथ फिल्मको लागि अप्रोच गरेका थिए । तर, अमिताभ बच्चनले अहिलेसम्म उक्त फिल्म गर्ने वा नगर्ने कुनै निर्णय लिइसकेको जानकारी भने प्राप्त भएको छैन ।

प्रतिक्रिया

Loading...