fbpx

मासुको विकल्प मानेर खाने रुख कटहरका छन् अनेकौँ फाइदा

रुख कटहरलाई नपाक्दा तरकारी तथा पाकेपछि फलफूलको रुपमा खाने गरिन्छ । अहिले रुखकटहर तरकारीका रूपमा खाने सिजन हो । यसलाई मीठो तथा पौष्टिक तरकारीका रूपमा खाइन्छ ।

पकाउँदा मासु जस्तै देखिने भएकोले शाकाहारी मानिसले यसलाई मासुको विकल्प मानेर तरकारीको रुपमा प्रयोग गर्ने गर्दछन् । रुख कटहर हाम्रो घर वरिपरि फल्ने फल हो । रुख कटहरमा धेरै मात्रामा पोटासियम, आइरन, म्याग्नेसियम तथा खनिज पदार्थ पाइने भएको कारण यो हाम्रो शरीरको लागि निकै फाइदाजनक मानिन्छ ।

यसको फल मात्र नभई बियाँ, पात र चोप समेत उत्तिकै पौष्टिक तथा गुणकारी मानिन्छ । रुख कटहरमा आइरन पाइने हुनाले यसले रक्त सञ्चारलाई बढाएर उच्च रक्तचापलाई कम गर्दै एनेमिया रोग लाग्नबाट बचाउँछ । यसमा पाइने भिटामिन ‘सी’, भिटामिन ‘बि६’ र भिटामिन ए भएका कारणले छाला र आँखा चम्किलो बनाई रोग प्रतिरोधी क्षमता वृद्धि गर्छ ।

यी तत्वले भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट बचाउदै हाडलाई मजवुत बनाउँछन् । रुख कटहरले पाइने खनिज तथा फाइबरले थाइराइड हुन नदिई पाचनसम्बन्धी समस्या काम गर्न सहयोग गर्छ तथा कब्जियत जस्ता पेटसम्बन्धी रोग हटाउनका लागि काम गर्छ ।

यसमा अलिकत्ति पनि क्यालोरी नभएको कारण पाकेको कटहरको गुदीलाई मिचेर पानीमा उमालेर यसको रस पिउँदा शरीरमा ताजापन पैदा हुनुका साथै मुटुरोगीका लागि समेत निकै उपयोगी मानिन्छ ।

कटहरको पातको रस मधुमेहका रोगीका लागि उपयोगी हुन्छ । कुनै घाउ अथवा पिलोमा कटहरको चोप लगाउन सकिन्छ । त्यसैगरी तथा जोर्नीको समस्या हुदा यसको चोपले मालिस गर्दा जोर्नीको दुखाइ पनि कम हुन्छ ।

Koshi Online

FREE
VIEW