fbpx

‘वीर विक्रम २’ का केही अफिसियल पोस्टरहरू सार्वजनिक

 

 

विराटनगर,

फिल्म ‘वीरविक्रम २’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले यस फिल्मको ६ वटा पोस्टर सार्वजनिक गरेको हो ।

उक्त पोस्टरहरुमा फिल्मका चार मुख्य कलाकारहरुलाई देखाइएको छ । सार्वजनिक गरिएको दुई पोस्टरमा वर्षालाई पल शाह र नाजिर हुसेनको अंगालोमा देखाइएको छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्म जेष्ठ ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । उक्त चलचित्रमा समावेश गरिएको ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ बोलको गीत अहिले निकै चर्चामा रहेका छन् ।

चलचित्रको निर्माण टिमले नयाँ वर्षको अवसर परेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । फिल्ममा अभिनेता पल शाह, नायिका बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बूलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजले लेखेको कथामा तयार भएको यस चलचित्रमा हिमाल केसीको द्वन्द्व रहेको छ । अपर्ण सापकोटाले निर्माण गरेको ‘वीरविक्रम २’ तिन वर्ष अगाडी प्रदर्शनमा आएको फिल्म ‘वीरविक्रम’को सिक्वेल नभएको निर्देशक मिलन चाम्सले बताएका छन् ।

Koshi Online

FREE
VIEW