fbpx

सुशान्तको ’सानुमाया’ लाई दर्शकको अपार माया

विराटनगर,

केहि दिनअगाडि मात्र सार्वजनिक भएको सुशान्त खत्रीको आफ्नै स्वरमा रहेको ‘सानुमाया’ गीत र उक्त गीतको भिडियोलाई दर्शकहरु ले निकै मनपराएका छन् । गीतको भिडियो अहिले युटुबको ट्रेन्डिङमा रहेको छ ।

उक्त गीत युटुबमा ट्रेन्डिङ नम्बर २२ बाट १४ हुँदै ६ देखि अहिले ४ मा पुग्न सफल भएको छ । उक्त गीतलाई दर्शकले यस्तै माया दिरहने हो भने छिट्टै नम्बर १ मा पुग्न सक्ने अनुमान लगाइएको छ ।

अहिलेसम्म यस गीतलाई ८ लाख ६० हजारभन्दा धेरै दर्शकहरुले हेरेका छन् । सन्तोष सुनारको शब्द तथा संगीत रहेको यस गीतलाई सुशान्त आफैँले गाएका हुन् । अघिल्ला गीतहरुमा सुशान्तले नृत्यबाट दर्शकको मन जितेका थिए भने यस गीतबाट उनले आफ्नो स्वरबाट दर्शकहरुलाई रुवाएका छन् ।

आर्थिक अवस्था कम्जोर भएका कारण आफ्नो प्रेमिकाले छोडेपछि आफूलाई भएको पीडालाई ब्यक्त गर्दै सुशान्तले गीत गाएका छन् । राजिव समरको निर्देशनमा तयार गरेको यस भिडियोमा सुशान्तका साथ मलिका महत देखिएकी छिन् ।

मनोज बस्नेतले निर्माण गरेको यस गीतको भिडियोमा सुशान्तले गायकको र मलिकाले उनको प्रेमिकाको भूमिका निर्वाह गरेका छन् । सुशान्तका यसअघि ‘पिच रोड’, ‘डल्ली मोरी’, ‘मङ्गली’, ‘निरमाया’ लगायतका गीतहरू सार्वजनिक भएका थिए ।

सुशान्त अब रेमो डिसुजाको निर्देशनमा तयार हुन लागेको चलचित्रमा सिरिज ‘एबिसिडी’को तेस्रो भागमा देखिने भएका छन् ।

Koshi Online

FREE
VIEW