fbpx

पल शाहको आगामी फिल्म ‘हृदय भरी’को छायांकन सुरु, श्रद्धासँग जोडी बाँध्दै पल

काठमाडौं,
अभिनेता पल शाहको मुख्य अभिनय रहेको चलचित्र ‘हृदय भरी’को छायांकन सुरु भएको छ । यहि भदौ को २७ गते प्रदर्शन मिति तय गरिसकेको यस फिल्मको छायांकन लगभग ४५मा सकिने भएको छ ।

सुरज सुब्बा नाल्बोको निर्देशनमा तयार हुदै गरेको यस चलचित्र ‘हृदय भरी मा पललाई एक पोल्ट्रिफार्म सञ्चालकको भूमिकामा देख्न सकिन्छ । यस फिल्ममा पल शाहको श्रद्धा क्षेत्रीसँग जोडी बाँधिएको छ ।

मानकृष्ण महर्जनले छायांकन गरिरहेको फिल्ममा पल र श्रद्धाका साथ सलोन बस्नेत, नीर शाह, सुनिल थापा, अनुराग कुवँर, निर्मल शर्मा, रेखा लिम्बू, मनोज केसीलगायतका कलाकारहरुकोे अभिनय रहनेछ ।

फिल्मलाई एन फिल्म्स एंड क्रिएसन, शाह प्रोडक्सन र दिपेन्द्र फिल्म्सको संयुक्त तरिकाले निकेश लिम्बु, चन्दन शाह र दिपेन्द्र राईले निर्माण गर्दै छन् । यस फिल्मका लागि पलले लुक्स परिवर्तन गरेका छन् ।

केही दिनअगाडि मात्र फिल्म ‘वीर विक्रम २’ को ‘वाचा’ बोलको गीत सार्वजनिक कार्यक्रममा उनी नयाँ लुक्समा देखिएका थिए । लामो कपाल पूरै छोट्याएका पललाई लुक्स निकै राम्रो देखिरखेको थियो ।

पल फिल्म ‘वीर विक्रम २’ मार्फत् एक वर्षपछि दर्शकसामु ठूलो पर्दामा देखिने भएका छन् । आउँदो जेठ ३ मा रिलिज हुने चलचित्रमा समावेश गरिएका गीत ‘पिरतीको मिठो तिर्सना’ र ‘वाचा’ बोलको गीतका कारण आजकल पल निकै चर्चामा रहेका छन् ।

प्रतिक्रिया

Loading...