fbpx

अस्वभाविक रूपले कपाल झर्नुका केही कारणहरू यस्ता छन्

कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रूपले दिनहुँ धेरै कपाल र्झछ भने त्यो चिन्ताको विषय हो । खासगरी महिलाहरू यसबाट बढी पीडित हुने गर्छन् ।

कपाल र्झनबाट कसरी रोक्ने भनेर बुझ्नुअघि कपाल किन र्झछ भन्ने कुरा बुझ्नुपर्छ । कपाल झर्नुका अनेक कारण हुनसक्छ । हालैको एक अनुसन्धानले पत्ता लगाएअनुसार तनाव या मानसिक चिन्ताको कारण कपाल झर्ने गर्छ ।

कपाललाई मजबुत बनाउने प्रमुख तत्त्व भनेको मानिसको शरीरमा पाउने जीन्स नै हो । यस बाहेक कयौं बाहिरी कारणहरूले पनि हाम्रो कपालमा निकै प्रभाव पारेको हुन्छ । खराब जीवनशैली र जंक फुडले कपाललाई नोक्सानी र्पुयाउँछन् ।

यसका अलावा भिटामिन ए, बी, प्रोटिन, केराटिनको कमिले गर्दा कपाल र्झन सक्छ । कपालमा विभिन्न स्टाइल बनाउनका लागि प्रयोग गरिने सामाग्रीको प्रयोग गर्नु नै कपाल झर्नुको प्रमुख कारण बन्न हो ।

इन्सोमिया, नार्कोलेप्सी तथा अन्य निद्रासम्बन्धि देखा पर्ने समस्याले कपालको स्वास्थ्यमा नराम्रो असर र्पुयाउने गर्छ । वातावरणीय प्रभाव तथा मौसम परिवर्तनले कपाललाई निकै कमजोर बनाउने काम गर्छ । किनकी, वातावरण परिवर्तन आएमा सबैभन्दा बढी असर हाम्रो कपालमा पर्ने गर्छ ।

यसैगरी बंशाणुगत कारण होस् या थाइराइड हर्मोनको असन्तुलन, महिनावारी बन्द हुने वा अन्य हर्मोनसम्बन्धि गडवढीको कारण तीव्र मात्रामा कपाल झर्ने समस्या हुन्छ । अहिलेको समयमा श्याम्पू, कन्डीश्नरदेखि कपालमा लगाउने तेलसमेत रसायनले बन्न थालेका छन् । यस्ता प्रडक्टले कपालाई धेरै नोक्सान र्पुयाउने गर्छ ।

Koshi Online

FREE
VIEW