fbpx

एक नम्बर प्रदेशमा २०५ थान बन्दुक संकलन, सबैभन्दा बढी ताप्लेजुङबाट संकलन

विराटनगर
एक नम्बर प्रदेश प्रहरीले विभिन्न जिल्लाबाट २ सय ५ नाल हतियार संकलन गरेको छ । गृह मन्त्रालयले १ चैत २०७५ मा ३५ दिनभित्र हतियार बुझाउन गरेको सर्कुलरपछि ८ बैसाख २०७५ सम्म विभिन्न जिल्लाबाट जम्मा २ सय ५ नाल हतियार संकलन भएको एक नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

संकलित हतियारमध्ये ९५ नाल बैध र ३५ नाल नविकरण तथा दर्ता नगरेका अबैध हतियार सर्वसाधारणहरूले प्रहरीलाई आफैँ बुझाएका थिए । विभिन्न जिल्लाबाट ७५ नाल प्रहरीले वेवारिसे अवस्थामा बरामद गरेको थियो ।

सबैभन्दा धेरै १६७ थान भरुवा बन्दुक संकलन

अवैध रुपमा फेला परेका हातहतियारमध्ये सबैभन्दा बढी १ सय ६७ नाल भरुवा बन्दुकछन । यसैगरि एक नाले टोटा १३ नाल, म्यागनम १ नाल, २ नाले टोटा ४ नाल, जोरनाले बन्दुक ६ नाल, २ नाले ब्रिज लोडिङ १ नाल, एरगन १ नाल, सर्ट गन १ नाल, सानो चाईनिज पेस्तोल २ नाल र ९ थान नाल छन ।

सबैभन्दा बढी ताप्लेजुंङमा ११२ थान बन्दुक संकलन

ताप्लेजुङ जिल्लामा ३८ जनाले आफूसँग भएका लाईसेन्सप्राप्त हातहतियार बुझाएका थिए । ७४ नाल हतियार वेवारीसे अवस्थामा फेला परेका थिए । यसैगरी पाँचथरमा ३५ नाल, तेह्रथुममा २८ नाल, मोरङमा १५ नाल, इलाममा ११ नाल र भोजपुरमा २ नाल हतियार संलकन भएका थिए ।

दर्ता गरेर सर्वसाधारणले राखेका हतियार हरेक पाँच वर्षमा नविकरण नगरेमा अबैध हुन्छ ।

प्रतिक्रिया

Loading...