fbpx

सिक्किमको ‘एमजी रोडैमा’ सलोन र अखिलेषसँग स्वस्तिमा (भिडियोसहित)

विराटनगर,
निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनीसम्म’को पहिलो गीत सार्वजनिक भएको छ । उक्त फिल्मको ‘एमजी रोडैमा’ बोलको गीतको भिडियो सोमबार युटुबमा सार्वजनिक गरिएको हो ।

काठमाण्डौमा पत्रकार सम्मेलन आयोजित गर्दै उक्त गीतलाई सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटी र मेलिना राइले आवाजमा दिएको यस गीतमा राजनराजको शब्द तथा संगीत रहेको छ ।

उक्त गीतको भिडियोलाई गीतको बोल संग मिल्ने गरि सिक्किमको एमजी रोडमा खिचिएको हो । गीतमा फिल्मको मुख्य अभिनेता सलोन बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का र डेब्यू नायक अखिलेस प्रधानको प्रस्तुति रहेको छ ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको यस गीतको भिडियोमा कलाकारहरुलाई कविराज गहतराजले खुब नचाएका छन् । फिल्मको कथा विशाल चाम्लिङ्गले लेखेका हुन् भने निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् ।

चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधानलगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्र ‘हजार जुनीसम्म’लाई यहि साउनको ३० गते प्रदर्शनमा ल्याउने निर्माण टिमले तयारी गरिरहेको छ ।

Koshi Online

FREE
VIEW