fbpx

पथरी घटनाको चाँडो यथार्थ सार्वजनिक गर्न सांसदहरूको माग

विराटनगर
मोरङको पुर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने पथरी बजारमा श्रृंखलाबद्ध रूपले भैरहेको अपराधिक घटनाको चाँडो अनुसन्धान गरेर नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न प्रदेश सांसदहरूले माग गरेका छन् ।

९ बैशाखमा बसेको एक नम्बर प्रदेश सभाको बैठकमा बोल्दै नेकपाकी सांसद कृष्णकुमारी राई र कांग्रेसका सांसद सूर्यमाराज राईले पथरीमा बढ्दै गएको अपराधप्रति चिन्ता व्यक्त गर्दै नागरिकको जीउधनको सुरक्षा गर्न चाडो अनुसन्धान गरेर यर्थाथ सार्वजनिक गर्न माग गरेका हुन् ।

सांसद कुष्णकुमारीले ७ बैशाखमा भएको रूपा बस्नेतको हत्या तथ्यसहित हत्या हो की आत्महत्या हो ? भन्दै चाँडो सार्वजनिक गर्न माग गरिन् । सांसद सूर्यमाराजले श्रृंखलाबद्ध रुपले शव वरामद भैरहँदा पनि प्रहरीले अपराधको कारण र अपराधी पत्ता नलगाउनु रोकथामको उपाय नअपनाउनु हेलचेक्रयाँई हो भने ।

पथरी बजारमा कस्टमेटिक पसल गरेर १३ वर्षीय छोरा साइमनसँगै भाडाको घरमा बस्दै आएकी रूपा बस्नेत ७ बैशाखमा बिहान घर अगाडि सडकमा निर्वस्त्र मृत फेला परेकी थिइन् । स्थानीयले रूपाको हत्या भएको शंका गरेका छन् । तर, प्रहरीले भने हत्या भएको प्रमाण फेला नपरेकोले हत्या किटान गर्न नसकिने भन्दै घटना अनुसन्धान भैरहेको बताउँदै आएको छ ।

स्थानीयबासीले बनाए संघर्ष समिति

पथरी शनिश्चरे नगरपालिका र आसपासका क्षेत्रमा श्रृंखलाबद्ध अपराधका घटना बढेको भन्दै स्थानीयहरू प्रहरीसँग आक्रोशित बनेका छन् । उनीहरूले प्रहरी अपराध नियन्त्रण गर्न असफल भएको आरोप लगाइरहेका छन् । आक्रोशित स्थानीयहरूले ९ बैशाखमा प्रहरीविरुद्ध नारावाजी गर्दै राजमार्ग अवरुद्ध पारेका थिए ।

स्थानीयले घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै कविता पराजुलीको नेतृत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेका छन् । उनीहरूले मंगलबारसम्म प्रहरीले सत्यतथ्य सार्वजनिक नगरेमा थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

थप दुईको मृत्यु अझै रहस्यमय

१०फागुन २०७५ मा पथरी बजारमा रहेको पाँच तले सिक्का बार मुनी यूवा २७ वर्षीय षडराज तामाङको शव फेला परेको थियो । ३० फागुन २०७५ मा पथरी बजार उत्तरको जंगलमा झापा मेचीनगरकी अधबैंशे महिला साबित्रा खतिवडा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया

Loading...