fbpx

 नेकपा मोरङ अध्यक्षमा ढकाल, सचिवमा अछामी, पोखरेल र उप्रेती  ब्याक

मोरङमा मापदण्ड परिवर्तनको असर


विराटनगर, बैशाख ९ ।

नेकपाको एकतकालागि मापदण्ड परिवर्तन भएपछि मोरङमा तयार भएको नेतृत्वलाई पन्छाउँदै  पूर्व अध्यक्षहरु नै जिल्ला नेतृत्वमा मनोनित भएका छन् ।  केन्द्रले साबिक अध्यक्षहरुलाई जिम्मेवारी दिएपछि मोरङको नेतृत्व गर्न तयार भएका व्यक्ती पछि परेको हुन् ।

एकता प्रकृया सुरु भएदेखि जिल्ला तहबाट अध्यक्षमा तत्कालिन एमालेको तर्फबाट ऋषिकेश पोखरेल र सचिवमा तत्कालिन माओवादी केन्द्रबाट गणेश उप्रेती सुशिलको नाम सिफारिस भएको थियो ।

तर केन्द्रीय समितिले तत्कालिन एमाले अध्यक्ष विनोद ढकाललाई अध्यक्ष र तत्कालिन माओवादी केन्द्र अध्यक्ष गोपी आछमीलाई सचिवमा मनोनित गरेको हो ।
आन्तरिक भागवण्डामा कुरा नमिल्दा पोखरेल र उप्रेतीलाई मोरङको नेतृत्वबाट ब्याक गरिएको हो ।

केन्द्रमा माधवकुमार नेपाल र केपी शर्मा ओलीबीचको गुटगत हिसाब मिलाउने क्रममा दुबै पार्टीका पुरानै नेतालाई नेतृत्वमा ल्याउने सहमती भएपछि मोरङमा ठूलो पार्टीको हिसाबमा पूर्व एमालेका तर्फबाट ढकाल अध्यक्ष र माओबादी केन्द्रका तर्फबाट तत्कालिन अध्यक्ष आछमी नेकपाको सचिवमा मनोनित भएका हुन् ।

तर एकताको अन्तिम रुपममा केन्द्रले जिल्ला अध्यक्ष तोक्नु अघिसम्मपनि कार्यकर्ता र जिल्ला नेतृत्वले एकतापछि अध्यक्षका रुपमा पोखरेल र सचिवमा उप्रेती नै हुने  बताउँदै आएका थिए । विभिन्न फोरमहरुमा पोखरेल र उप्रेती नै जिल्ला नेतृत्वका रुपमा पुग्ने गरेका थिए ।

प्रतिक्रिया

Loading...