fbpx

रोहितको ‘सूर्यवंशी’मा अक्षयको प्रेमिका बन्दै कट्रिना

विराटनगर,
बलिउडका सुपरहिट निर्देशक रोहित सेट्टीको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘सुर्यवंशी’मा अभिनेता अक्षय कुमारको साथ अभिनेत्री कट्रिना कैफलाई फाइनल गरिएको छ ।

फेरि एकपटक प्रहरीको कथा हुने यस चलचित्रमा अक्षय कुमारलाई प्रहरीको भूमिकामा देखिने भएको छ । अक्षय कुमारले आफ्नो ट्विटरमार्फत कट्रिनालाई यस फिल्मको टिममा स्वागत पनि गरेका छन् ।

एक्सन जनरामा निर्माण हुने यस चलचित्रमा कट्रिनाले अक्षयको प्रेमिकाको भूमिका निर्वाह गर्नेछिन् । ‘धर्मा प्रोडक्सन’को व्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा करण जोहरको लगानी रहने छ ।

सन् २०२० को इदलाई आफ्नो रिलिज मिति तय गरेको यस चलचित्रले यहि वर्षको मार्च भित्र नै को छायांकन सुरु गर्ने भएको छ । ९ वर्षपछि एकसाथ काम गर्न लागेका अक्षय र कट्रिनाले यस अघि ‘हमको दिवाना कर गए, नमस्ते लण्डन, तीस मार खान, दे दना दन, सिङ इज किङ’ लगायतका चलचित्रमा एक साथ काम गरिसकेका छन् ।

प्रतिक्रिया

Loading...