fbpx

कांग्रेस कमजोर प्रतिपक्ष होइन : सभापति देउवा

दमक,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस कमजोर प्रतिपक्ष नभएको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले झापाको चन्द्रगढी विमानस्थलमा सोमबार पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको जिकिर गरे । सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाए । उनले भने, ‘काङ्ग्रेसको प्रतिपक्षी भूमिका कमजोरमा कमजोर छैन ।’

काङ्ग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको सभापति देउवाको टिप्पणी थियो । प्रजातान्त्रिक पार्टीमा फरक विचार पनि आउने उल्लेख गर्दै उनले भने, ‘यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो सरासर झुट मात्र हो ।’

यस्तै उनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए ।

प्रतिक्रिया

Loading...