fbpx

‘भारत’को ट्रेलर सार्वजनिक, कट्रिना र दिशासँग सलमानको रोमान्स (ट्रेलरसहित)

विराटनगर

बलिउडका सुपरस्टार सलमान खानको चलचित्र भारतको ट्रेलर सार्वजनिक भएको छ । आउँदो जुन ५ बाट प्रदर्शनमा आउने उक्त फिल्मको ट्रेलर सोमबार युटुबमार्फत् सार्वजनिक भएको हो ।

निकै ठूलो बजेटमा बनेको यस चलचित्रको ट्रेलरमा सलमान खानलाई वृद्धको अवतारमा देखाइएको छ । ‘जति मेरो कपाल अनि दाह्री सेतो छ, त्यो भन्दा धेरै मेरो जिन्दगी रंगिन छ बोलको डाइलग उक्त ट्रेलरमा छ ।

अली अब्बास जफरको निर्देशनमा तयार भएको यस चलचित्रमा भारतको सन् १९४७ देखि अहिलेसम्मको स्वतन्त्रताको यात्राको बारेमा देखाइएको छ । यस चलचित्रमा सलमानका साथ कट्रिना क्याफ, तबु, दिशा पाटनी, सुनील ग्रोबर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

Loading...