fbpx

आलुको बोक्रा फाल्नुहुन्छ ? एकपटक यो अवश्य पढ्नुहोला

हामीले दैनिक खाने तरकारीमा सबैभन्दा बढी आलुको प्रयोग हुने गर्दछ । आलुलाई एक्लै अथवा जुनसुकै तरकारीसंग मिसाएर खान सकिन्छ । हामीले तरकारी पकाउदा जहिले पनि आलुको बोक्रा ताछेर फ्याक्ने गरछौँ । अनुसन्धानका अनुसार भने आलुमा भन्दा पनि यसको बोक्रामा बढी तागत पाइने गर्छ ।

आलुमा पाइने पौष्टिक तत्व भन्दा पनि धेरै आलुको बोक्रामा पाइने गर्दछ । आलुको बोक्रामा प्रशस्त मात्रामा फाइबर पाउने भएको कारण आलुको बोक्रा हाम्रो स्वास्थ्यको लागि निकै लाभदायिक रहेको छ । यसले कब्जियत, कोलेस्टेरोलको मात्रा घटाउन, मुटु रोग तथा कोलोन क्यान्सर हुन नदिन मद्धत गर्छ । त्यसैले, हामीले आलुलाई ताछेर खानु हुदैन ।

आलुको बोक्रामा एन्टी अक्सिडेन्ट तत्व पाइने भएकोले अनुहारमा जलन भएको खण्डमा यसलाई लगाएमा पीडा कम गरि दागहरु हटाएर छालामा चमक ल्याउनको लागि निकै उपयोगी छ । आँखामा हुने डार्क सर्कल हटाउन आलुको बोक्रा फाइदा जनक हुन्छ । आलुको बोक्रामा हुने पोटासियमले रक्तनलीको भित्तालाई आराम दिएर उक्त रक्तचाप घटाउँदछ ।

आलुको बोक्रामा फाइटोकेमिकल्सको मात्रा धेरै भएको कारणले यसले हामीलाई क्यान्सर रोगको जोखिमबाट बचाउँछ । आलुको बोक्रामा प्रसस्त मात्रामा आइरन पाइने भएको कारण आइरनको कमीले हुने एनिमियाबाट जोगाउँछ ।

प्रतिक्रिया

Loading...