fbpx

आठौं राष्ट्रिय खेलकुद : एपीएफका राजु राईलाई ५ स्वर्ण

नेपालगञ्ज
जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एपीएफका राजु राईले जिम्न्यास्टिकमा ५ स्वर्ण पदक जितेका छन् । सोमबार भएको स्पर्धामा पुरुषतर्फ राजुले फ्लोर इभेन्ट्समा स्वर्ण जिते ।

राजुले पोमेल हर्समा, पार्लर बारमा, अलराण्डरमा गरी पाँच स्वर्ण हात पारेका हुन् । उनले फ्लोर इभेन्ट्समा एपीएफकै दिनेश सुनुवार र प्रदेश ३ का उज्वल तिवारीलाई पछि पारे दिनेशले रजत जित्दा उज्जवलले कास्य जिते ।

राजुले स्वर्ण जित्दा एपीएफकै रिकेश तामाङले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते । यस्तै राजुले राजुले पार्लर बारमा प्रदेश ३ का सत्यनारायण मानन्धर (रजत) र प्रदेश ७ का जितेन्द्र चौधरी (कास्य) लाई पछि पारे ।

यस्तै अलराउन्डरमा राजुले स्वर्ण जित्दा प्रदेश ३ का सत्यनारायण मानन्धरले रजत र एपीएफक बिष्णु बाटाले कास्य जिते ।

प्रतिक्रिया

nineteen − six =

Loading...