fbpx

‘ट्वीन्स गर्ल’ प्रिज्मा र प्रिन्सीलाई दर्शकको अपार माया (भिडियोसहित)

विराटनगर,

गायक प्रामोद खरेलको ‘झुमा झुमा’ बोलको गीतको युटुबको ट्रेन्डिङ्ग नम्बर १ मा पर्न सफल भएको छ । प्रमोदले आफ्नै युटुबको च्यानल मार्फत सार्वजनिक गरेको यस गीतको भिडियोलाई दुई दिनमा १२ लाख १६ हजार भन्दा बेसी दर्शकहरुले हेरिसकेका छन् ।

प्रमोदले ‘झुमा झुम्केवाली’को सफलतापछि उक्त गीत सार्वजनिक गरेका हुन् । उक्त गीतको भिडियोमा प्रमोदका साथै नायक पल शाह, टिकटकमा भाइरल रहेका ‘ट्वीन्स गर्ल’ प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले सुवम भूजेलको कोरियोग्राफीमा धमाकेदार नृत्य प्रस्तुत गरेका छन् ।

दीपक आचार्यले निर्देशन गरेको यो भिडियोको गीतमा हिमान्सु रायमाझीको शब्द र भीम बीसीले संगीत भरेका छन् । अर्जुन तिवारीको छायांकन रहेको यस गीतमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

गीतको छायाँकन गर्दा प्रिन्सि र प्रिज्माले आफूले निकै रमाइलो गरेको अनुभव ब्यक्त गर्दै गायक प्रमोद खरेल र नायक पल शाहसंग अभिनय गर्न पाएकोमा आफूहरु निकै भाग्यमानी ठानेका छन् ।

प्रतिक्रिया

Loading...