fbpx

‘राजा’ बन्दै दयाहाङ राई

काठमाडौं,
दीपक रौनियारको निर्देशनमा चलचित्र ‘राजा’मा अभिनेता दयाहाङ राईलाई अनुबन्धित गरिएको छ । यी दुईले यसअघि ‘सेतो सूर्य’ र ‘हाइवे’ नामक दुई चलचित्रमा संगै काम गरिसकेका छन् ।

पोलिटिकल ड्रामामा तयार गरिएको यस चलचित्रलाई निर्देशक तथा निर्माता रामबाबु गुरुङले निर्माण गर्ने भएका छन् । फिल्ममा दयाहाङबाहेक अरु कलाकारहरू भने फाइनल भएका छैनन् । चलचित्र ‘राजा’ को स्क्रिप्ट निर्देशक दीपकले लेख्दै छन् ।

यस वर्ष दयाहाङलाई फिल्ममा अभिनय गर्न भ्याइनभ्याइ हुने भएको छ । केही हप्ताअगाडि मात्र उनले ‘लप्पन छप्पन २’ साइन गरेका छन् र यही बैशाखको अन्तिमबाट ’कबड्डी ३’को छायांकन सुरु गर्दैछन् ।

यस वर्ष अभिनयमा मात्र ब्यस्त नभएर उनको अभिनित चलचित्रहरु ’ब्याक टु ब्याक’ प्रदर्शनमा आउँदैछन् । आउँदो जेठ ३ मा ‘जात्रै जात्रा’, जेठ १० मा ‘दयारानी’ र जेठ २४ मा ‘आप्पा’ तीन फिल्म प्रदर्शनमा आउन तयार भएका छन् । यस वर्षको लागि उनको चौथो फिल्म ’निरफूल’ भने भदौ २७ मा रिलिज हुने भएको छ ।

Koshi Online

FREE
VIEW