fbpx

एकपछि अर्को नयाँ चलचित्र साइन गर्दै सौगात मल्ल, अब ‘राम राम’ पनि गर्ने

काठमाडौं,
अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘लप्पन छप्पन २’को छायांकन केही दिनको लागि स्तगित भएपछि सौगात अहिले एकपछि अर्को नयाँ चलचित्र साइन गरिराखेका छन् ।

केही दिनअगाडि मात्र सौगात मल्लले चलचित्र ‘पोई पर्यो काले’मा साइन गरेको खबर बाहिरिएको थियो । यस्तैमा उनले नयाँ एक चलचित्रमा साइन गरेको खबर सार्वजनिक भएको छ ।

सौगातले साइन गरेको चलचित्रको नाम हो, ‘राम राम’ । सुवर्ण थापाको निर्देशनमा रही तयार हुन लागेको नयाँ चलचित्र ‘राम राम’ पनि उनले साइन गरेका हुन् । कमेडीप्रधान कथावस्तु रहेको ‘राम राम’मा दिनेश महतको कथा तथा पटकथामा रहेको छ ।

यस चलचित्रलाई डाइमोण्ड स्टार फिल्मस्को ब्यानरबाट निर्माण गर्न लागिएको हो । चलचित्रको मुख्य भूमिकाको लागि सौगात मल्ल मात्र पक्का भएका छन् । निर्माण टिमले चलचित्रको लागि अन्य कलाकार फाइनल भने गरेका छैनन् ।

यसअघि सुवर्ण र सौगातले चलचित्र ‘फन्को’मा संगै काम गरिसकेका छन् । उक्त फिल्मको छायांकन दशैंबाट सुरु हुनेछ र यसै वर्षको अन्त्यसम्ममा रिलिज गर्ने तयारी रहेको निर्माण टिमले जानकारी दिएको छ ।

प्रतिक्रिया

four × two =

Loading...