fbpx

तेलगु फिल्म खेल्दै आलिया भट्ट, भन्छिन्– ‘मलाई हलिउडमा काम गर्ने रहर छ’

विराटनगर,
बलिउडकी अभिनेत्री आलिया भट्टले हलिउडको चलचित्रमा अवसर मिले काम गर्ने इच्छा व्यक्त गरेकी छन् । उनले आफूमा विश्वास राख्दै आफू कुनै दिन हलिउड गएर चलचित्रमा आउने बताएकी छन् ।

‘हलिउडमा काम गर्नु भनेको बिल्कुलै एक नयाँ उद्योेगमा पाइला राखेको जस्तो हो र यो सजिलो नभएपनि पनि मलाई हलिउडमा काम गर्ने रहर छ,’ उनले भनिन् ।

आलिया चाँडैनै तेलुगु फिल्म उद्योगमा प्रवेश गर्दैछिन् । चलचित्र ’बाहुबली’ बाट नाम कमाएका निर्देशक एस एस राजामौलीको बहुप्रतिक्षीत फिल्म ‘आरआरआर’ बाट आलिया तेलुगु फिल्ममा देखिने भएकी छन् ।

यस चलचित्रमा आलियाका साथ राम चरण र जुनियर एनटिआर लिड रोलमा रहने छन् । आलियाले बलिउडको तुलनामा नयाँ उद्योगमा प्रवेश गर्दा निकै मुश्किल रहेको बताउँछिन् ।

हालै निर्देशक सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साअल्ला’ मा सलमान र आलियाको जोडी अनुबन्धित भएको छ । दुईले पहिलो पटकसँगै स्क्रिनमा काम गर्न लागेका हुन् । दर्शकले अब यस फिल्ममा ५३ वर्षीय सलमान खान र २६ वर्षीया अभिनेत्री आलिया भट्टबीचको रोमान्स हेर्न पाउनेछन् ।

आफूभन्दा २७ वर्ष जेठा सलमानसँग आलियाको जोडी नसुहाउने भन्दै अहिले सोसल मिडियामा ट्रोल बनिरहेको छ । सलमान खान र सञ्जय लीला भन्सालीको संयुक्त निर्माणमा तयार हुन लागेको फिल्म ‘इन्शाल्लाह’मा शाहरुख खानको केमियो रहने खबर पनि सार्वजनिक भएको छ । यस फिल्मको छायाँकंन ‘दबंग ३’ पछि सुरु हुने भएको छ ।

Koshi Online

FREE
VIEW