fbpx

आठौं राष्ट्रिय खेलकुद : पौडीमा आर्मीलाई तीन स्वर्ण

बाँके,
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बाँकेको आज भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण जितेको छ । नेपालगञ्जमा भएको चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनएले एक स्वर्ण हात पारेको छ ।

महिला ८०० मिटर फ्रिस्टाइल स्पर्धामा त्रिभुवन आर्मीका उपास्ती महर्जनलाई पराजित गरी त्रिभुवन आर्मीकै गौरिका सिंहले स्वर्ण पदक हात पारिन् । उक्त विधामा नेपाल पुलिस क्लबका सामिरा शोभा थापाले कास्यमा चित्त बुझाइन् ।

त्यस्तै पुरुष ८०० मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनएका नाथनध्वज श्रेष्ठले स्वर्ण पदक हात पारे भने एपीएफका नासिर हुसैनले रजत र एपीएफकै अर्जिन महर्जनले कास्य पद हात पारे ।

यसैगरी, महिला २०० मिटर पौडी प्रतियोगितामा त्रिभुवन आर्मीकी दुआना लामाले स्वर्ण हात पार्दा एपीएफ क्लबका श्रीवी महर्जनले रजत र एपीएफकै दिया स्थापितले कास्यमा चित्त बुझाइन् ।

पुरुष २०० मिटर पौडी प्रतियोगितामा त्रिभुवन आर्मीका अनुभव सुब्बाले स्वर्ण जिते । उनले दुई मिनेट २० सेकेण्डमा दूरी पार गरे भने २ मिनेट २३ सेकेण्डमा दूरी पार गरी एनआरएनएका नथनध्वज श्रेष्ठले रजत र नेपाल पुलिस क्लबका सैयद हमजा शाहले कास्य पदक जितेका छन् ।

प्रतिक्रिया

7 − 3 =

Loading...