Rumpum

Rumpum Advertisement

महाभूकम्पको कथा बोकेको फिल्म ‘कालो वर्ष’ वैशाख १३ देखि प्रदर्शनमा (ट्रेलरसहित)

महाभूकम्पको कथा बोकेको फिल्म ‘कालो वर्ष’ वैशाख १३ देखि प्रदर्शनमा (ट्रेलरसहित)

काठमाडौं,
चलचित्र ‘कालो वर्ष’को ट्रेलर केही दिनअघि मात्र सार्वजनिक भएको थियो । वर्ष २०७२ मा गएको विनाशकारी महाभूकम्पका कारण एक परिवारले भोग्नु परेको समस्याको बिषयमा निर्माण गरिएको उक्त चलचित्र वैशाख १३ गतेबाट देशभर प्रर्दशनमा आउने भएको छ ।

लक्षु गौतमको निर्देशनमा तयार भएको यस चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ भने सुरेन्द्र बुढाथोकी, रश्मी शाह, रवीन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दीप खत्री, दिनेश सापकोटालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

२०७२ सालमा गएको महाभूकम्पपछिको जनजीवन, बलात्कार र वैदेशिक रोजगारीमा जानेको पीडालाई देखाउँदै चलचित्रको कथा ओकेश पनेरुले लेखेका हुन् । योगेन्द्र पनेरु, राम खड्का र श्याम खड्काको संयुक्त तरिकाले निर्माण गरेको चलचित्रको गीतलाई अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् भने चलचित्रमा खेम सारु मगरले संगीत भरेका हुन् ।

निर्देशक लक्षुले यस अगाडि ‘त म र ऊ’को निर्देशन गरेकी थिइन् । रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ यस फिल्मका वितरक बन्ने जिम्मा लिएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ