fbpx

प्रमोदको ‘झुमा झुमा’मा ‘ट्वीन्स गर्ल’ प्रिन्सी र प्रिज्मा (भिडियोसहित)

विराटनगर,
गायक प्रामोद खरेलले ‘झुमा झुम्केवाली’को सफलतापछि अर्को गीत सार्वजनिक गरेका छन् । उनको आवाज रहेको ‘झुमा झुमा’ बोलको गीतको म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतलाई प्रमोदकै युट्युब च्यानेलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको यस गीतको भिडियोमा प्रमोदका साथै नायक पल शाहको साथमा टिकटकमा भाइरल रहेका ‘ट्वीन्स गर्ल’ प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाको अभिनय रहेको छ ।

दीपक आचार्यले निर्देशन गरेको यो भिडियोको गीतमा हिमान्सु रायमाझीको शब्द र भीम बीसीले संगीत भरेका छन् । अर्जुन तिवारीको छायांकन रहेको यस गीतमा सुप्रिम पराजुलीको सम्पादन तथा सुवम भूजेलको कोरियोग्राफी रहेको छ ।

गीतको छायाँकन गर्दा प्रिन्सि र प्रिज्माले गायक प्रमोद खरेल र नायक पल शाहसंग अभिनय गर्न पाएकोमा आफूहरु निकै भाग्यमानी भएको भन्दै आफूले रमाइलो गरेको अनुभव बताएका छन् ।

प्रतिक्रिया

Loading...