fbpx

आर्मीका कप्तान मानबहादुर श्रेष्ठ कारवाहीमा, आठौं राष्ट्रिय खेलकुद खेल्न नपाउने

काठमाडौँ,

त्रिभुवन आर्मी क्लबका भलिबल खेलका कप्तान मानबहादुर श्रेष्ठलाई कारबाही गरिएको छ । क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिता खेल्न जापान गएपछि आर्मीले कप्तान श्रेष्ठलाई कारबाही गरेका हुन् ।

अब श्रेष्ठले आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता खेल्न नपाउने भएका छन् । आर्मीले आठौँ राष्ट्रियका लागि गराएको खेलाडी दर्तामा श्रेष्ठको नाम समावेश छैन । आर्मीका मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठले महत्वपूर्ण खेलअघि श्रेष्ठ मुलुक बाहिर गएकाले कारवाहीस्वरुप उनलाई आठौँ राष्ट्रियमा समावेश नगरिएको बताए ।

क्लबमा अनुमतिका लागि पत्र आएको भए पनि ठूलो प्रतियोगिताअघि श्रेष्ठलाई विभागले जापान जान अनुमति दिएको थिएन । नेपाली राष्ट्रिय टोलीका स्पाईकर श्रेष्ठ पाँचौँ सिल्भर रनिङ कप भलिबल खेल्न गत सोमबार जापान गएका थिए । उनी आज नेपाल फर्केका छन् ।

गल्कोट स्पोर्ट्स क्लब टोकियोको आयोजनामा भएको उक्त प्रतियोगिता बुधबार सम्पन्न भएको छ । एकदिने सो प्रतियोगितामा श्रेष्ठले ‘म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानबाट खेलेका थिए । श्रेष्ठले आर्मी क्लबले बोलाए आफू आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगञ्ज जान तयार भएको बताए । बाँकेको खजुरामा पुरुष भलिबल प्रतियोगिता भइरहेको छ ।

प्रतिक्रिया

6 − 4 =

Loading...