fbpx

चन्द्रकलाले जितिन् राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक

दाङ,
जारी आठौं राष्ट्रिय खेलकूदअन्तर्गत महिला ज्याभलिन थ्रोमा चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । नेपाल पुलिस क्लबकी चन्द्रकलाले शुक्रबार ४४.०५ मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।

बिहीबार सटपुटमा कीर्तिमान सुधार गरेकी उनले शुक्रबार महिला ज्याभलिन थ्रोमा अर्काे कीर्तिमानसहित स्वर्ण जितिन् । दाङको बेलझुण्डीमा उनले आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेकी हुन् । यसअघि उनले ४३.९४ मिटरको कीर्तिमान बनाएकी थिइन् । राष्ट्रिय कीर्तिमान बनाएसँगै चन्द्रकलाले थप २५ हजार रुपैयाँ पाउने छिन् ।

प्रतिक्रिया

thirteen − 13 =

Loading...