fbpx

सुशान्त खत्रीले आफ्नै स्वरमा ल्याए ‘सानुमाया’ (भिडियोसहित)

विराटनगर,
‘पिच रोड’ गीतबाट निकै चर्चा कमाएका सुशान्त खत्रीको नयाँ गीत सार्वजनिक भएको छ । भारतको ‘डान्सिङ रियालिटि शो डान्स प्लस’बाट उनलाई दर्शकले मन पराउन थालेपछि पछिल्लो समयमा उनले धेरै नेपाली म्युजिक भिडियो गरिसकेका छन् ।

तर, यसपाली सुशान्तले डान्स भिडियो नभएर आफ्नो आवाजमा रहेको गीत ‘सानुमाया’ सार्वजनिक गरेका हुन् । उक्त गीतलाई युत्युब मार्फत सार्वजनिक गरिएको हो । सन्तोष सुनारको शब्द तथा संगीत रहेको यस गीतलाई सुशान्त आफैले गएका हुन् । अघिल्ला गीतहरुमा जस्तो ‘सानुमाया’मा भने सुशान्तको नृत्य देख्न पाइने छैन ।

उनि डान्समा मात्र नभएर गायनमा पनि निकै राम्रो भएको यस गीतमा देख्न सकिन्छ । राजिव समरको निर्देशनमा तयार गरेको यस भिडियोमा सुशान्तका साथ मलिका महत देखिएकी छिन् । मनोज बस्नेतले निर्माण गरेको यस गीतको भिडियोमा सुशान्तले गायकको र मलिकाले उनको प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् ।

आर्थिक अवस्था कम्जोर भएका कारण आफ्नो प्रेमिकाले छोडेपछि आफुलाई भएको पिडालाई ब्यक्त गर्दै सुशान्तले गीत गाएका छन् । सुशान्तका यसअघि ‘पिच रोड’, ‘डल्ली मोरी’, ‘मङ्गली’, ‘निरमाया’ लगायतका गीतहरू सार्वजनिक भएका थिए । सुशान्त अब रेमो डिसुजाको निर्देशनमा तयार हुन लागेको चलचित्रमा सिरिज ‘एबिसिडी’को तेस्रो भागमा देखिने भएका छन् ।

Koshi Online

FREE
VIEW