fbpx

‘टिकटक क्वीन’ रेश्मालाई ‘हेरन कान्छी’ भन्दै आसिफ (भिडियोसहित)

विराटनगर,
राज खम्बु र मेलिना राईको आवाजमा रहेको गीत ‘हेरन कान्छी’ सार्वजनिक भएको छ । उक्त गीतलाई युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । दिनेश सुबेदीको लेखन रहेको यस गीतमा आसिफ शाह र टिकटकबाट चर्चामा आएकी नायिका रेश्मा घिमिरे एकसाथ देखिएका छन् ।

आसिफ र रेश्मा दोस्रो पटक गीतमा सँगै देखिएका छन् । युट्युवमा झण्डै एक करोड पटक हेरिएको गायक कालिप्रसाद बास्कोटाको ‘इन्स्टाको फोटो’मा उनीहरूको जोडी निकै मन पराइएको थियो ।

दीपक शर्माले संगीत दिएको यस गीत ‘हेरन कान्छी’मा भने आसिफ र रेश्मालाई सुरुदेखि अन्त्यसम्मै रमाइरहेको देखिएका छन् । यस गीतलाई स्व. अन्सु राईद्वारा निर्माण गरिएको हो ।

उदय राज पौडेलले एरेन्ज गरेको यस गीतमा आसिफ र रेश्मालाई राजीव समर र शिशिर खातीले नृत्यनिर्देशन गरेका हुन् । शान थापाको निर्देशनमा तयार गरिएको यो रमाइलो भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

प्रतिक्रिया

Loading...