fbpx

भारतमा टिकटक प्रतिबन्ध

नयाँ दिल्ली, बैशाख ४ ।

यूवा पुस्तामाझ अति लोकप्रिय रहेको टिकटकलाई भारतमा प्रतिबन्ध लगाइएको छ । भारतको अदालतले चर्चामा रहेको मनोरञ्जन मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो।

अदालतले प्रतिबन्ध लगाउन दिएको आदेशसँगै भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले गुगल र एप्पललाई रोक लगाउन आदेश गर्नुका साथै भारतमा आफ्नो प्लेस्टोर र एप स्टोरबाट टिकटक डाउनलोड गर्न रोक लगाईएको छ ।

टिकटक भारतमा मात्र २३० मिलियन पटक डाउनलोड भइसकेको छ । यस अघि इन्डोनेशिया र बंगलादेशको सरकारले यो एपमाथि प्रतिबन्ध लगाइसकेको छ भने मद्रास हाई कोर्टले केन्द्र सरकारलाई मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएको छ ।

टिकटक जस्तो मोबाइल एप्लिकेशनले बालबालिकामाथि नराम्रो पर्ने प्रभावको कारण रहेको र एसबारे अध्ययन गर्ने अमेरिकाको कमन सेन्स मिडियाले अबबाट यो एप प्रयोग गर्न बालबालिकाहरु १६ वर्ष हुनुपर्ने जनकारी दिएको छ ।

भारतमा यस बिषय सम्बन्धी थप सुनुवाई अप्रिल २४ तारिखका लागि तोकिएको छ ।

प्रतिक्रिया

2 × two =

Loading...