fbpx

‘पब्जी’ पछि अब ‘टिक टक’ पनि बन्द हुने संकेत, गुगल र एप्पलको ऐप स्टोरबाट हटाइयो

एजेन्सी,
‘पब्जी’मा प्रतिबन्ध लगाएसँगै भारतमा ‘टिक टक’ बन्द हुने संकेत देखिएको छ । युवाहरूको भविष्य र बच्चाहरूको दिमागमा असर पारिरहेको भन्दै भारतमा गुगल र एप्पलको ऐप स्टोरबाट चीनमा निर्माण भएको एक भिडियो ऐप ‘टिक टक’ हटाइएको छ ।

भारत सरकारको आग्रहपछि बुधबार गुगल र एप्पल कम्पनीले आफ्नो डाउनडोल स्टोरबाट सन् २०१६ मा निर्माण भएको ‘टिक टक’ हटाएको भारतीय मिडियाले जनाएका छन् । भारतीय सर्वोच्च अदालतमा गत सोमबार ‘टिक टक’विरुद्ध रिट निवेदन दायर भएको थियो ।

खबरका अनुसार सर्वोच्चले २२ अप्रिलमा यसको सुनुवाई गर्ने मितिसमेत तोकेको थियो । मद्रास हाइकोर्टमा यसै विवादसम्बन्धी मुद्दा सुनुवाई भइरहेको भन्दै सर्वोच्चले आफ्नो पेशी सारेको थियो ।

सर्वोच्चले हाइकोर्टको आदेशपछि मात्र यो विषयमा सुनुवाई गर्नेछ । सर्वाेच्चमा मद्रास हाइकोर्टको फैसला रोक्न माग गरेकोमा त्यसलाई भने अस्वीकार गरेको छ । मद्रास हाइकोर्टलेले केन्द्र सरकारसँग ‘टिक टक’मा प्रतिबन्ध लगाउन भनेको थियो ।

प्रतिक्रिया

Loading...