fbpx

आठौं राष्ट्रिय खेलकुदमा आज विभिन्न १३ खेल हुँदै

काठमाडौं,
प्रदेश नं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न १३ खेल हुँदैछन् । आजबाट फुटबल, भलिबल र क्रिकेट खेलको सुरुआत हुनेछ ।

यस्तै आजै फुटबल, भलिबल र क्रिकेटका साथै बक्सिङ, फुल कन्ट्याक्ट कराते, कबड्डी, ब्याडमिन्टन, बास्केटबल, जुडो, हक्की, साइक्लिङ, बुद्दिचाल र गल्फ खेलमा प्रतिस्पर्धा हुनेछ ।

फुटबलअन्तर्गत पुरुषको खेल नेपालगन्ज रंगशालामा हुनेछ भने महिलाको दाङमा हुनेछ । यस्तै क्रिकेट रुपन्देही र लमहीमा हुनेछ । भलिबल बाँकेको खजुरामा हुनेछ । बाँकेको नेपालगन्जमा बक्सिङ र जुडो हुनेछ भने बर्दियाको ठाकुरद्वारमा बुद्दिचालको प्रतिस्पर्धा हुनेछ ।

यस्तै दाङको घोराही कभर्डहलमा ब्याडमिन्टन र बास्केटबल, नेपालगन्जको मंगलप्रसाद उच्च माविमा पुरुष हक्की,कोहलपुरमा साइक्लिङ र काठमाडौंमा गल्फ हुनेछ ।

विभिन्न ३५ खेल समावेश भएको आठौं राष्ट्रिय खेलकुदको उद्घाटन भने बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट हुनेछ । उद्घाटनअघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ ।

प्रतिक्रिया

5 + 7 =

Loading...