fbpx

सभापति देउवा भन्छन्, ‘विप्लव समूहलाई पनि मूलधारमा ल्याउनुपर्छ’


भीमदत्तनगर,
नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताएका छन् । आज भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्छ । दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन, तत्काल वार्ता गरेर सरकार अगाडि बढ्नुपर्दछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेकासभापति देउवाले दुई तिहाइको बलमा सरकार हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको आरोप लगाए । उनले विश्वविद्यालयमा प्राज्ञिक नियुक्ती, चिकित्सा शिक्षा विधेयक, न्यायालय र प्रेस स्वतन्त्रता लगायतमा सरकारले मनोमानी व्यवहार गरीे नियन्त्रणमा राख्न खोजेको बताए ।

सरकारको एक वर्षे कार्यकालमा एउटा पनि देखाउन लायक काम हुन नसकेको उल्लेख गर्दै उहाँले मुलुकमा हत्या, हिंसा, बलात्कारका घटना बढेकोमा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया

sixteen − 13 =

Loading...