fbpx

विश्वकप छनोट : नेपालले ओमानलाई दियो २३० रनको लक्ष्य, रोहितको अर्धशतक, प्रतीषको विष्फोटक ब्याटिङ

विराटनगर
आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको चौथो खेलमा आज नेपालले ओमानसँग खेलिरहेको छ । क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबमा भइरहेको उक्त खेलमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन जोड्यो । नेपालका कप्तान रोहित पौडेलले ७५ रन जोड्दा प्रतिश जिसीले ४१ रन जोडे ।

जारी विश्वकप छनोटमा नेपालसहित ६ राष्ट्रले सहभागिता जनाएका छन् । सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्ष स्थानमा हुने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।

हाल नेपाल नेपाल ३ खेल खेलिसक्दा ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ । त्यतिनै खेलबाट यूएई भने ६ अंकसहित शीर्षमा छ। दोस्रो खेलमा नेपाल यूएईसँग डिएल म्याथडका आधारमा एक रनले पराजित भएको थियो ।

Loading...