fbpx

ला लिगा : बेन्जेमाद्वारा रियल मड्रिडको उद्धार (भिडियोसहित)

विराटनगर,
स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । आफ्नो ३२औं खेल खेलेको रियल सोमबार राति भएको खेलमा लेगानेससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

लेगानेसकै घरेलु मैदानमा प्रतिस्पर्धा गरेको रियललाई करिम बेन्जेमाले हारबाट बचाएका थिए । खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । उसका लागि खेलको ४५औं मिनेटमा जोनाथान सिल्भाले गोल गर्दै खेलमा १–० को अग्रता दिलाएको थियो ।

तर, खेलको ५१औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि बाँकी समयमा दुवै टोलीले गोल गर्न सकेनन् र दुवै टोलीले बराबरी अंक बाँडे ।

यस बराबरीसँगै रियलले एथ्लेटिको मड्रिडसँग अंक दूरी छोट्याउने मौका गुमाएको छ । रियल ३२ खेलबाट ६१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने दोस्रो स्थानको एथ्लेटिकोको ६५ अंक छ । यस्तै शीर्ष स्थानको बार्सिलोनासँग ७४ अंक छ ।

प्रतिक्रिया

Loading...