fbpx

धनियाँ बेच्ने विषयमा विवाद हुँदा सुनसरीमा दुई जनाको ज्यान गयो

विराटनगर,
सुनसरी सदरमुकाम इनरुवाको सोमबारे बजारमा धनियाँ बेच्ने विषयमा सुरु भएको विवादका कारण दुई जनाको हत्या भएको छ । गत फागुन २० गते सस्तोमा धनियाँ बेचेपछि सुरु भएको विवाद बैशाख १ गतेसम्म साम्य नहुँदा २ जनाको ज्यान गएको हो ।

गत फागुन २० गते भोक्राह नरसिंह गाउँपालिका– ७ का अन्दाजी ६० वर्षीय वृद्ध सुईलाल मण्डलको हत्या भएको थियो । आइतबार भोक्राह नरसिंह गाउँपालिका ३ का ७५ वर्षीय जागेश्वर मण्डलको हत्या भएको हो । जागेश्वर र सुइलाल गत फागुन २० गते भएको विवाद गर्ने समुहका पक्ष विपक्ष थिए ।

सुनसरीमा दुई युवकको कुटपिटबाट एक वृद्धको घटनास्थलमै मृत्यु

डेढ महिनाअघि भएको घटनामा पीडित बनेको पक्ष नै आइतबारको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । आइतबार राति करिब १ बजे हत्याको खबर पाएको प्रहरीले राति नै भोक्राह नरसिंह गाउ“पालिका ७ का २९ वर्षीय शंकर मण्डल र २५ वर्षिय बुदु मण्डललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुदु डेढ महिनाअघि ज्यान गुमाएका सुइलालका छोरा हुन् । सुईलालको हत्या आरोपमा दुई जना पक्राउ परेका थिए । पुरानो घटनाको पीडित पक्ष नै आइतवारको घटनामा अनुसन्धानका लागि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

कसरी भयो विवाद ?

इनरुवाको सोमबारे बजारमा सर्वसाधरणको भीँड लाग्छ । बजारमा धनियाँको पात सस्तोमा बिक्री गरेपछि कुटपिट हुँदा सुइलालको ज्यान गएको थियो । गत २० गते ज्यान गुमाएका सुइलाल साबिक नरसिंह गाविसका बासिन्दा हुन् ।

आइतबार ज्यान गुमाएका मण्डल साबिक भोक्राह गाबिसका वासिन्दा हुन् । बजारबाट सुरु विवादमा व्यक्तिको हत्या भएपछि गाँउसम्म आएको थियो । आइतबार नयाँ वर्ष मनाउन जागेश्वर सम्धीको घरमा पुगेका थिए ।

भोक्राह–नरसिंह गाउँपालिका– ३ सर्बैया टोलमा पुगेका उनको राति ११ बजे हत्या भएको थियो । राति १ बजे डिएसपी ज्ञानेन्द्र फुयालको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले तत्काल दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

वृद्धको शवको पोष्टमार्टमका लागि प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

प्रतिक्रिया

five + 20 =

Loading...